बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) ले जितेको छ।

सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

NAVJEEVAN

भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।

Loading...