इलाममा मत बढाउँदै डकेन्द्र

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।  यहाँ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्।

सुरूदेखि नै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बूले पछिल्लो समय मत बढाउँदै लगेका छन्। रास्वपा उम्मेदवार मिलन लिम्बूलाई धेरै पछि छाडेका डकेन्द्रले दोस्रो स्थानका लागि कांग्रेससँग मतान्तर घटाएका छन्।

NAVJEEVAN

योसँगै पहिलो स्थानमा रहेका नेम्वाङको मत ११६१९ पुगेको छ। दोस्रोमा रहेका खड्काको ७६५९ र तेसो स्थानका थेगिमको ७४५२ पुगेको छ।

डकेन्द्रलाई चुलाचुली गाउँपालिका वडा नम्बर १ मा पनि एक हजारभन्दा बढी मत आएको थियो। त्यो वडामा २०७९ र २०७४ मा लिम्बुवानले चुनाव जितेको थियो। माङसेबुङ वडा नम्बरु ५ मा एमाले उम्मेदवार नेम्वाङले ६९ मत ल्याए भने कांग्रेसका खड्काले ४९ मत ल्याए। रास्वपाका लिम्बूले ३ मत ल्याए भने एकीकृत समाजवादीले एक मत ल्याए।

२०७९ को चुनावमा यो क्षेत्र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले जितेका थिए। उनको निधनपछि वैशाख १५ मा यहाँ उपनिर्वाचन भएको हो।

Loading...