इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै मुडा

इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाएका छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएका छन् ।

पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले कांग्रेससँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत पाएका छन् ।

उनले पाएको मत कांग्रेस उम्मेदवार खड्काको भन्दा २०७ मात्र कम हो । यसअघि सार्वजनिक मत परिणाममा खड्का र थेगिमको मतको अन्तर ४२३ थियो ।

 

Loading...