इलाम उपनिर्वाचन अपडेट : एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै

फिक्कल (इलाम) : इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लैजानुभएको छ । हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार आठ सय ९८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार दुई सय ८२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ६ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ३ सय ५ मत प्राप्त गर्नुभएको छ ।

अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ । इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा ( १० बाहेक ) गरी ४२ वडा पर्दछन् ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

Loading...