बझाङ : उपनिर्वाचन बझाङ १ मा खसेको मत गणना भइरहेको छ। सोमबार बिहानसम्म ३४ वडाको मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन्। उनले ८८७४ मत ल्याएका छन्। कांग्रेसका सिंहलाई नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन् । भण्डारीले ८६१५ मत ल्याएका छन्। यहाँ कांग्रेसका उम्मेदवार सिंह २५९ मतान्तरले अगाडि छन्।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३२१५ मत ल्याएका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २३१० मत ल्याएका छन्। यहाँ अहिलेसम्म सदर मत २३३७३ छ।
बझाङमा अझै १६ वटा वडामा खसेको मत गणना गर्न बाँकी छ।