उपनिर्वाचन बझाङ अपडेट : (एमाले) का भण्डारी दोब्बर मतले अगाडि

बझाङ । बझाङ प्रदेश सभा १ उपनिर्वाचनको मतगणना जारी छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । अहिलेसम्म ४ वटा वडाको मतगणना सकिएको छ । नेकपा ( एमाले ) का दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ पाएका छन् । निवार्चन आयोगका अनुसार तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १८ मत पाएका छन् ।

Loading...