उपनिर्वाचन फाकफोकथुम इलाम – २ मा कांग्रेस – एमालेकै प्रतिस्पर्धा

 इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुमको १ र २ वडाको गणना सकिँदा डम्बरको ११५५ र एमालेका सुहाङ नेम्वाङको १०६३ भोट छ । दुई जनाबीच ८२ मतको फरक छ ।

NAVJEEVAN

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार रेशमबहादुर सुनारले ११, दीपेश बोहराले ९ र मनीबहादुर लिम्बूले ८ भोट ल्याउँदा लक्ष्मी र जीतबहादुरको ६-६ भोट छ । १ नम्बर वार्डमा कलमलाई शून्य मत थियो ।

Loading...