बझाङ उपनिर्वाचन : चार सय मतगणनामा सबै पार्टी समान्तर रुपमा मत प्राप्त गर्दै

चैनपुर ( बझाङ ) : बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गर्नुभएको छ ।

Loading...