बझाङमा मतगणना सुरू भयो मतगणना

प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ -१ काे (१) मा  मतगणना सुरू भएको छ।

NAVJEEVAN

आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। साेही अनुसार मतगणना सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।

 

Loading...