इलाम – २ सर्वदलीय बैठक सकियाे, ११ बजेबाट मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेबाट सुरु हुने भएको छ। मतगणनाका लागि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
NAVJEEVAN
मतगणना फाकफोकथुम गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ । फाकफोकथुमनपछि चुलाचुली,माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
Loading...