वेस्ट इन्डिज ‘ए’ सँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

NAVJEEVAN

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेल्न लागेको हो ।

कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्दा जित सम्भव बनाएको नेपालका लागि अन्य ब्याटर क्रिजमा टिक्नु आज मुख्य चुनौती हो। रोहितले पहिलो खेलमा ५४ बलमा १० चौका र ६ छक्कासहित १ सय १२ रन बनाएका थिए।

पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च रहेको भन्दै रोहितले बाँकी खेलमा थप आत्मविश्वास बढेको बताएका थिए।

Loading...