वेस्ट इन्डिज ‘ ए ‘ विरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं ।  घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् ।

आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा , आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।
नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । सिरिजको पहिलो खेल शनिबार हुनेछ। यो सिरिज खेलिसकेपछि नेपाली टोली विश्वकप खेल्नका लागि अमेरिका प्रस्थान गर्नेछ। नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।
Loading...