बझाङमा पेस्तोल पड्कीदा एक प्रहरी घाइते

धनगढी : बझाङमा एक प्रहरीले पेस्तोल पड्काएका छन्। पेस्तोल पड्कीदा प्रहरी घाइते समेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख भरत शाहका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन्। जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक शाहले रावललाई निलम्बन गरिएको बताए। हतियार चेकजाँच गर्दा उनको हातबाट पेस्तोल पड्किएको हो।

NAVJEEVAN

बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको हो। एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो। उनको खुट्टामा चोट लागेको छ। उनले असई रावललाई हतियार बुझाएपछि पड्किएको थियो। अहिले उनको उपचार भैरहेको बताइएको छ।

Loading...